१२ श्रावण २०८१, शनिबार

धनुषा ४ मा ६०२ मतले अघि लागे महेन्द्र यादव

प्रकाशित मिति :  28 November, 2022 10:11 am


धनुषा । धनुषा ४ मा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव र एमाले सचिव रघुवीर महासेठबिच तीव्र प्रतिष्पर्धा जारी छ । पछिल्लो परिणामा अनुसार यादवले अग्रता बनाएका छन् ।

यादवले २६ हजार ९१४ मत पाउँदा एमाले सचिव रघुवीर महासेठले २६ हजार ३१२ मत ल्याएर पछ्याइरहेका छन् ।

आइतबार साँझबाट यादवलाई उछिनेका महासेठ सोमबार विहान ६०२ मतले पछाडि परेका छन् । त्यस्तै जसपाका महाजन यालवले ४ हजार ७ सय ९४ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस !