१२ श्रावण २०८१, शनिबार

कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुला

प्रकाशित मिति :  28 November, 2022 10:29 am


काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुला गरिएको छ। नेपाल सरकार, श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबिच समझदारी भएअनुसार कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो।

परीक्षामा सामेल हुने इच्छुक नेपाली नागरिकले भाषा परीक्षाका लागि निवेदन दिन सक्ने इपिएस कोरिया शाखा ग्वार्को ललितपुरले सूचना जारी गरेको छ ।

भाषा परीक्षा पहिलो चरणको कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ देखि माघ २७ गतेसम्म हुनेछ। दोस्रो चरण भने फागुन ८ देखि फागुन २६ गतेसम्मका लागि तोकिएको छ । सिप परीक्षणका लागि फागुन ३ देखि ५ गतेसम्म र चैत १ देखि ३ गतेसम्म समय तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !