१२ श्रावण २०८१, शनिबार

ठूलो आवाज निकाल्ने १२ वटा मोटरसाइकललाई १० हजार जरिवाना

प्रकाशित मिति :  28 November, 2022 11:09 am


काठमाडौं । ठूलो आवाज निकाल्ने १२ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले १० हजार जरिवाना गरेको छ।

नियन्त्रणमा लिएका ठूलो आवाज निकाल्ने २९ ओटा मोटरसाइकलमध्ये १२ वटालाई नगद जरिवाना र बाँकीलाई कारवाहीका लागि वातावरण विभाग पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

वातावरण विभागद्वारा परीक्षण गर्दा मापदण्डभन्दा बढी आवाज निकालेको पाइएकाले जरिवाना गराइएको हो । १७ ओटा मोटरसाइकलबारे विभागबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

ठुलो आवाज निकाली सवारी साधन चलाउँदा ध्वनि प्रदूषण हुनुका साथै मानवीय स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले त्यस्ता सवारीसाधन चलाउन नहुने कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए।

यसका साथै तीव्र गतिमा सवारीसाधन चलाउनेलाई समेत मंसिर १५ गतेबाट ट्राफिक नियमअनुसार कारबाही गर्नुका साथै एक घण्टाको ट्राफिक सचेतना कक्षा लिनुपर्ने नियम समेत लागू हुने भएकाे छ ।



प्रतिक्रिया दिनुहोस !