१२ श्रावण २०८१, शनिबार

हुन्डाई नेपालद्वारा टेस्ट ड्राइभका विजेताको बिदाइ, ‘रोड टू फिफा वर्ल्डकप २०२२ फाइनल’ को विजेता घोषणा

प्रकाशित मिति :  28 November, 2022 12:42 pm


काठमाडौं । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ का विजेताको घोषणा गरेको छ। विजेताले कम्पनीको तर्फबाट विश्व कपको फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउने छन्।

कम्पनीले आइतबार नक्सालको साेरुममा एउटा विशेष कार्यक्रम गरी ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ का विजेता छनोट गरेको हो ।अभियानमा आफ्नो नाम रेजिस्टर गरेका ८८७ प्रमाणित ग्राहकहरू मध्ये नयाँपाल हादुर पाण्डे भाग्यशाली विजेता बनेका छन्। विजेताको रूपमा उनी विश्व कप फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउने भएका छन्।

कन्ज्युमर आई नेपालकी अध्यक्ष विमला खनाल र राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङले हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजबाट लाइभ मार्फत लक्की ड्र गरी विजेताको घोषणा गरेका हुन् । हुन्डाईका सबै विद्यमान ग्राहकहरूले आफ्नो भीआईएनरभीईएन नम्बर मार्फत आफूलाई दर्ता गरी ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ मा सहभागी हुन सक्ने प्रावधान रहेको कम्पनीले जनाएकाे छ ।

यसै गरी शनिबार कम्पनीले हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गतको ‘टेस्ट ड्राइभ एन्ड विन’ शीर्षकको विश्व कप लक्षित अर्को क्याम्पेनका विजेताहरूलाई पनि कतारका लागि बिदाइ गरेको थियो।

हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अन्तर्गत हुन्डाईको टेस्ट ड्राइभ एण्ड विन, फुटबलको विश्वव्यापी अपील मार्फत विश्वभरका मानिसहरूलाई दिगोपना सम्बन्धी कार्यहरूमा सहभागी गराउने उद्देश्यले गरिएको थियो।

कार्यक्रम अवधिभर नेपालभरका ड्राइभिङ लाइसेन्स भएका जो कोहीले हुन्डाईको जुनसुकै गाडीको टेस्ट ड्राइभ गरेर उक्त क्याम्पेनमा सहभागी हुन सक्ने थिए। यसरी सहभागी भएका हजारौं ग्राहकहरू मध्ये हस्तमाया गुरुङ र शेरबहादुर जिसी ‘टेष्ट ड्राइभ एण्ड विन’ का भाग्यशाली विजेता चुनिएका थिए। दुवै जना विजेताहरू आफूलाई मन पर्ने एक जनासँगै विश्वकपको एउटा खेल प्रत्यक्ष हेर्न कतार प्रस्थान गर्न पाउने कम्पनीले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !