१२ श्रावण २०८१, शनिबार

बुद्ध एयरले माग्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ

प्रकाशित मिति :  28 November, 2022 1:18 pm


काठमाडौं । बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्याण्डिलिङ सेवा सञ्चालन गर्न माग गरेको छ । सो विमानस्थलबाट सञ्चालन हुने आन्तरिक तथा बाह्य उडानका लागि ग्राउन्ड ह्यान्डलिङका लागि बुद्ध एयरले नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ बाट व्यवसायिक सञ्चालनमा ल्याउने तयारी छ । बुद्धले सम्पूर्ण आन्तरिक तयारी समेत गरिसकेको बताएको छ । विमानस्थलको भरपुर उपयोग गरेर धेरैभन्दा धेरै पर्यटक पोखरा र सम्पूर्ण गण्डकी प्रदेशमा भित्र्याउने बाटो खुलेको कम्पनीको भनाइ छ । गण्डकी प्रदेश र हरेक नेपालीको जीवनस्तर उकास्न र सामान सम्पत्ति सिर्जना गर्ने बाटो पनि खुल्ने समेत कम्पनीले बताएको छ ।

बुद्धले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पाँचवटा विमान रात्री–बिसान गरी साताको ३०० उडान गर्ने कार्यतालिका बनाएको बताएको छ । जसमा हरेक दिन नेपालगञ्ज, भैरहवा, भरतपुर र भद्रपुरबाट आन्तरिक उडान गर्नें उल्लेख छ । अन्तराष्ट्रियतर्फ साताको तीन दिन भारतको बनारस उडान गर्ने योजना छ । बुद्धले सम्बन्धित निकायमा दिनको दुई दिन भारतको नयाँदिल्ली र साताको ३ दिन देहरादुन उडान अनुमतिका लागि सम्बन्धित निकायमा निवेदन पेश गरेको समेत जनाएको छ ।

सानो उपत्यकामा अवस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जेट विमानहरूले अन्तर्राष्ट्रिय उडान भर्न के कस्ता प्रकारका जहाजहरू कुन गन्तव्य जान सकिन्छ भन्ने बारेमा पनि बुद्धका प्राविधिक टिम अध्ययनरत रहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस !