१२ श्रावण २०८१, शनिबार

दोलखाका १० मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान

प्रकाशित मिति :  28 November, 2022 1:26 pm


काठमाडौं । दोलखामा रद्द भएका मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । रद्द भएका स्थानमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने जिल्ला निर्वाचन व्यवस्थापन समितिले जनाएको छ ।

दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरूमा पुनः मतदान गराउने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत ढिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

आयोगले ती स्थानमा आगामी मंसिर १५ गतेभित्र निर्वाचन गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ। नेकपा एमालेले सत्तारुढ दलबाट बुथ कब्जा भएको उजुरी दिएपछि खटिएको टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाएपछि आयोगले उक्त निर्णय लिएको हो।

स्थलगत अध्ययनमा गएको टोलीको सिफारिसपछि दोलखाका वैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा बुथ कब्जा भएको निष्कर्षसहित पुन मतदान गरिने भएको हो।

आयुक्त रामप्रसाद भण्डारीको सिफारिसका आधारमा बैत्यश्वरको वडा नं–६ (क,ख,ग), २ वैत्यश्वरको ३ कालीढुङ्गा (क,ख,ग), बैत्यश्वर २ को जनज्योति (क,ख)

४० तामाकोसीको हेल्थपोस्ट (क,ख) मा पुन मतदान हुने भएको हो ।



प्रतिक्रिया दिनुहोस !