१२ श्रावण २०८१, शनिबार

उदयपुर क्षेत्र नम्बर–१ को मतगणना सुरु गर्न निर्वाचन आयोगको निर्देशन

प्रकाशित मिति :  28 November, 2022 4:21 pm


काठमाडौं । उदयपुर क्षेत्र नम्बर–१ को मतगणना गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । उदयपुर मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिँदै आयोगले पूर्वसहमति अनुसार मतगणना गर्न निर्देशन दिएको हो ।

आयोगले जारी गरेको पत्रमा, ‘‘सो सम्बन्धनमा मतगणनापूर्व जे जस्तो सहमती भएको हो सो सहमतीका आधारमा मतगणना कार्यलाई निरन्तरता दिन सम्बन्धित मुख्‍य निर्वाचन अधिकृतलाई निर्देशन दिने।’

साथै एउटा प्रणालीको मतपत्रबाट दोहोरो मतदान भएकोमा मंसिर ४ गते आयोगको पत्रबमोजिम मतगणनालाई निरन्तरता दिनसमेत निर्णय गरेको आयोगले जनाएको छ ।

प्रतिनिधिसभाको मतगणनाको क्रममा एक सयभन्दा बढी मतपत्र प्रदेशसभाको फेला परेपछि सुरु भएको विवादका कारण आइतबारदेखि गणना रोकिएको थियो । नेकपा एमालेले पुनः मतदानको र नेपाली कांग्रेसले तत्काल मतगणनाको माग राखेका थिए।

उदयपुर क्षेत्र नं. १ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका डा नारायण खड्का र नेकपा एमालेबाट मन्जुकुमारी चौधरी प्रतिस्पर्धामा छन् ।



प्रतिक्रिया दिनुहोस !