१२ श्रावण २०८१, शनिबार

वाई सर्भिस क्लबद्धारा डोटीका भूकम्प पीडितलाई राहत वितरण

प्रकाशित मिति :  29 November, 2022 11:48 am


पोखरा । सुदूर पश्चिम प्रदेशको पहाडी जिल्ला डोटीका भूकम्प पीडितलाई वाइ सर्भिस क्लब अफ पोखरा र वाइ सर्भिस क्लब अफ लुम्बिनीले सम्युक्त रूपमा गत विहीबार राहत वितरण गरेका छन् ।

गत कार्तिक २३ गते बुधबार राति करिब २ वजेको समयमा डोटी जिल्लाको पुर्वी चौकी गाउँपालिका वडा नं. ७ गैरा गाउँमा केन्द्र विन्दु वनाई गएको ६.६ रेक्टर स्केलको भूकम्पको कारण धनजनको क्षति भएको थियो ।

क्लबले न्यानो कपडा एक सय ५० थान, कम्मल ५० थान, त्रिपाल ४० थान, खाद्यान्न सहयोग गरेको छ। वाइज मेन इन्टरनेशनल क्लबका साउथइष्ट एशिया रिजनल डिरेक्टर इलेक्ट दिपक भण्डारीको नेतृत्वमा वाइ सर्भिस क्लब अफ पोखराका अध्यक्ष अरुण रानाभाट र क्लबका सल्लाहकार डोटीका स्थानिय समाजसेवी मिनबहादुर वोहराको समूहले राहत सामग्री वितरण गरेको थियो ।

सो अवसरमा पूर्वी चौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय, वडा नं. ७ का वडा सदस्य भीम खड्कालगाएतको रोहवरमा उक्त राहत वितरण गरिएको वाइ सर्भिस क्लब अफ पोखराका अध्यक्ष अरुण रानाभाटले बताए ।

रिजनल डिरेक्टर इलेक्ट दीपक भण्डारीले पिडितलाई गरिएको सहयोग पहिलो चरणको भएको र दोश्रो चरणमा गाउँपालिकाको सहकार्यमा वाइज मेन इन्टरनेशनलको सहयोगमा पीडितहरूको घर मर्मत, अस्थायी घर निर्माण, शौचालय तथा घर निमार्ण गर्ने योजना रहेको पनि बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !