१२ श्रावण २०८१, शनिबार

सर्वोच्चको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गर्ने बिनु यादव प्रहरी नियन्त्रणमा

प्रकाशित मिति :  29 November, 2022 11:53 am


काठमाडौं । सर्वोच्च अदालतको गेटमा रातो रंग छ्यापेर ‘न्याय चाहियो’, ‘मलाई न्याय खोइ भन्दै’ प्रदर्शन गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । सिरfहा घर भएकी बिनु यादव र ज्यास्मिन ओझालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

आफ्नो श्रीमान् बाट हिंसामा परेको भन्दै न्याय माग्न सर्वोच्च अदालत अगाडि आएर उनले आक्रोश व्यक्त गरेकी छन् । मंगलबार सर्वोच्चमा बिनुसँगै पुगेकी ज्यास्मिन महिला अधिकारवादी हुन् ।

श्रीमान् प्रदीप कठायतबाट आफू हिंसामा परेको तर राजनितिक दवावका कारण मुद्दा दर्ता नगरिएको उनले दावी गरेकी छिन् । उनले काका ससुराले समेत आफूमाथि बलात्कारको प्रयास गरेको आरोप लगाएकी छिन् । श्रीमानविरुद्ध उनले दायर गरेको मुद्दा अहिले पाटन उच्च अदालतमा विचाराधीन छ ।



प्रतिक्रिया दिनुहोस !