१२ श्रावण २०८१, शनिबार

अवस्था ठिक नभएका २२ ओटा सवारी चालक कारवाहीमा

प्रकाशित मिति :  29 November, 2022 12:20 pm


काठमाडौं । काठमाडौंको कीर्तिपुरमा सोमबार दिउँसो गरिएको सवारी साधनको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका पानी ट्याङकर, फोर्स गाडी र टाटा सुमो लगायतका २२ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह(प्रवक्ता एंव प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीका अनुसार तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा दिउँसो गरिएको चेकिङको क्रममा हेण्डब्रेक नभएका, लाईटहरु नभएका, कालो धुँवा फाल्ने र टायर धेरै घिसिएका लगायत अवस्था ठिक नभएका १५० ओटा सवारी साधन चेकजाँच गरिएको थियो ।

अवस्था ठिक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले सम्भावित जोखिम कम गर्न सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक दलराम टमाटाको कमाण्डमा ट्राफिक प्रहरीको टोली काठमाडौंको किर्तीपुरमा क्षेत्रमा खटिएको थियो ।



प्रतिक्रिया दिनुहोस !