१२ श्रावण २०८१, शनिबार

बाग्मती किनारका सुकुम्बासीले घेरे काठमाडौं महानगरपालिका

प्रकाशित मिति :  29 November, 2022 1:00 pm


काठमाडौं । सुकम्बासी बासिन्दाले आज काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । काठमाडौंको थापाथलीस्थित बाग्मती किनारको सुकुम्बासी बस्तीमा महानगरपालिकाले डोजर चलाउन खोज्दा आक्रोशित बनेका बासिन्दाले आज महानगरपालिका अगाडि प्रर्दशन गरेका हुन् ।
आफूहरूको उचित व्यवस्थापन विना हटाउन लागिएको विरोधमा उनीहरूले महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
आज बिहान सुकुम्बासी बस्तीका ३ सयभन्दा धेरै व्यक्तिहरू महानगर घेरेको काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।
थापाथलीबाट नारा जुलुस गर्दै गएका उनीहरूले महानगर विरुद्ध केहीबेर नारा लगाएर फेरि थापाथलीमै फर्किएका छन् । उनीहरूले थापाथलीको सुकुम्बासी बस्ती छिर्ने मुख्य बाटाहरूमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
एकीकृत वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोलीले हिजो (सोमबार) बस्तीमा पुगेको थियो । सो क्रममा दुवै पक्षबिच झडप हुँदा स्थिति तनावग्रस्त भएको थियो । झडपमा नगर प्रहरी प्रमुख सहित ३६ जना घाइते भएका थिए ।
एकीकृत बागमती सभ्यता विकास समितिले चुनावको दिनमै अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !