२ पुस २०८२, बुधबार

हराएका २२ वटा सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

प्रकाशित मिति :  29 November, 2022 3:56 pm


काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका २२ थान मोटरसाईकल र स्कुटर खोजतलास गरी आज सम्बन्धित धनीलाई बुझाएको छ । ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमका बिच विभिन्न कम्पनीका १६ वटा मोटरसाइकल र ६ वटा स्कुटर सम्बन्धित धनीहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले हस्तान्तरण गरेका हुन् ।

यो आर्थिक वर्ष सुरु भए पश्चात सवारी साधन हराएको भनी ५९२ वटा निवेदन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा खोजी गर्दा फेला परेका २०४ वटा सवारी साधनमाथि ट्राफिक प्रहरीले अनुसन्धान गरेको थियो ।

जसमध्ये साउन महिनामा ७३ ओटा, भदौमा ४० वटा, असोजमा ३० वटा, कात्तिकमा १४ वटा र केही दिन अगाडि ६ वटा सवारी साधन ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाएकाे ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !