१४ बैशाख २०८१, शुक्रबार

यस्तो रहनेछ आजको मौसम

प्रकाशित मिति :  30 November, 2022 7:47 am


काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।त्यस्तै राति प्रदेश १ का केही तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराई भू-भागमा हुस्सु र कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।



प्रतिक्रिया दिनुहोस !