८ बैशाख २०८१, शनिबार

मापसे गरी टाटा सुमो चलाउने चालकलाई अभद्र व्यवहारको मुद्दा

प्रकाशित मिति :  30 November, 2022 11:10 am


काठमाडौं । काठमाडौंको फर्पिङबाट पक्राउ परेका सुमो चालकलाई अभद्र व्यवहार मुद्दा चलाइएको छ । सोमबार पक्राउ परेका चालकमाथि मंगलबार मुद्दा चलाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

मदिरा सेवन गरी ना १ ज ८४ ६९ नम्बरको भाडाको टाटा सुमो चलाउँदै गरेका काभ्रेपलाञ्चोकको पनौती घर भएका ४४ वर्षीय चालक नवराज केसीलाई पक्राउ गरेर प्रहरी वृत कीर्तिपुरमा बुझाएको थियो । पक्राउ परेका केसीमाथि अभद्र व्यवहार मुद्धामा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी वृत्त कीर्तिपुरले जानकारी दिएको छ ।

यस्तै, काठमाडौंको बौद्ध दक्षिण ढोकाबाट हिजो सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा सहभागी हुन परीक्षा हलभित्र प्रवेश गर्दै गरेका एक जना नक्कली प्रशिक्षार्थीलाई पनि आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त बौद्धमा बुझाइएको छ ।



प्रतिक्रिया दिनुहोस !