८ बैशाख २०८१, शनिबार

अर्काको नाममा लाइसेन्स परीक्षा दिने व्यक्ति प्रकाउ

प्रकाशित मिति :  30 November, 2022 12:20 pm


काठमाडौं । अर्काको नामबाट सवारी चालक अनुमतिपत्रका लागि परीक्षा दिने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको जनकपुर उपमहानगरपालिका–१५ घर भएका २६ वर्षीय अरुण मण्डललाई काठमाडौंको दक्षिणढोकास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताए ।

बर्दियाका सूर्यपुरा–७ घर भई हाल ललितपुर बस्ने विक्रम सारूको नाममा लिखित परीक्षा दिन परीक्षा केन्द्रमा पुगेका मण्डललाई प्रहरीले प्रकाउ गरेको हो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त बौद्धमा पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस !