१२ बैशाख २०८१, बुधबार

स्याङ्जा २ मा मतगणना सुरू गर्न आयोगको निर्देशन

प्रकाशित मिति :  30 November, 2022 2:38 pm


फाइल फाेटाे

काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना हुने भएको छ । मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशनसमेत दिएको छ ।

आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको हो ।

स्याङ्जा २ मा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै नेकपा एमाले लगायत अन्य दलहरूले पुन मतदानको माग गर्दै निर्वाचन आयोगमा निवेदन समेत दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !