७ बैशाख २०८१, शुक्रबार

स्याङ्जा २ को मतगणना शुरु हुँदै, ४ बजे सर्वदलीय बैठक बस्ने

प्रकाशित मिति :  30 November, 2022 3:32 pm


फाइल फाेटाे

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना शुरु गर्नका लागि आज ४ बजे सर्वदलीय बैठक बोलाइएको छ । निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार निर्वाचन आयोगले तत्कालै मतगणना शुरु गर्नु भन्ने निर्देशन दिए पश्चात आजबाट नै मतगणना शुरु गर्ने तयारी रहेको छ ।

अहिले ४ बजे बोलाइएको सर्वदलीय बैठकपश्चात तत्कालै मतगणना शुरु हुने र आफूहरू तयारी अवस्थामा रहेको निर्वाचन अधिकृत शर्माले जानकारी दिएका छन् ।

मङ्सिर ४ गते सम्पन्न भएको मतदानको ११ दिन पछि मतगणना शुरु हुन लागेको हो । नेपाली कांग्रेसले चापाकोट नगरपालिका चार बुथमा धाँधली गरी बुथ कब्जा भएको भन्दै नेकपा एमाले लगायत अन्य दलहरूले पुनः मतदानको माग गर्दै आएको थियो भने कांग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको थियो ।



प्रतिक्रिया दिनुहोस !