१४ बैशाख २०८१, शुक्रबार

स्याङ्जा २ मा राति ९ बजेदेखि मतगणना हुने

प्रकाशित मिति :  30 November, 2022 7:11 pm


फाइल फाेटाे

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा राति ९ बजेपछि मतगणना सुरू हुने भएको छ । मङ्सिर ४ गते मतदान सम्पन्न भए पनि हालसम्म त्यहाँ मतगणना हुन सकेको छैन । एमालेले पुनःमतदानको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

तर, निर्वाचन आयोगले बुधबार पुनःमतदान गर्नु नपर्ने भन्दै यसअघि भएको मतदानअनुसार मतगणना गर्ने निर्णय गरेको थियो ।

आयोगको निर्णयपछि बुधबार स्याङ्जा २ का निर्वाचन अधिकृतले सर्वदलीय बैठक बोलाएका थिए । सर्वदलीय बैठकमा राति ९ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भएकाे हाे ।



प्रतिक्रिया दिनुहोस !