सुनसरी ४ मा पछि परे सञ्चारमन्त्री कार्की
प्रकाशित मिति : 1 December, 2022 8:31 am
सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवार तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ८२ मतले पछि परेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार कार्कीलार्ई नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतले ८२ मतान्तरले पछाडि पारेका छन् ।
कुसियैतले २९ हजार ७९४ मत ल्याउँदा कार्कीले २९ हजार ७१२ मत प्राप्त गरेका छन् ।








