८ बैशाख २०८१, शनिबार

स्याङ्जा २ मा गुरुङको अग्रता

प्रकाशित मिति :  1 December, 2022 9:46 am


स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरूङले अग्रता लिएका छन् । गुरूङले ३ हजार नौ सय १ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार पद्मा कुमारी अर्यालले ३ हजार दुई सय ४७ मत प्राप्त गरेकी छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले सात सय ७१ मत प्राप्त गरेका छन् । अहिलेसम्म गल्याङ नगरपालिकाको वडा नं ६, ७ र भीरकोट नगरपालिकाको ५, ६, ७, र ८ वडाको मतगणना सम्पन्न भएको छ ।

प्रदेशसभातर्फ पनि कांग्रेस उम्मेदवार भोजराज अर्यालले अग्रता लिएका छन् । उनले ४ हजार ८३ मत प्राप्त गर्दा एमालेका मोहनप्रसाद रेग्मीले ३ हजार ३ सय २९ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !