स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङको अग्रता, पछ्याउँदै अर्याल
प्रकाशित मिति : 1 December, 2022 11:22 am
स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरूङले अग्रता लिएका छन् । गुरूङले ४ हजार पाँच सय ९० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार पद्माकुमारी अर्यालले ३ हजार चार सय ५५ मत प्राप्त गरेकी छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले एक हजार २१ मत प्राप्त गरेका छन् । अहिलेसम्म गल्याङ नगरपालिकाको वडा नं ६, ७ र भीरकोट नगरपालिकाको ५, ६, ७, र ८,९वडाको मतगणना सम्पन्न भएको छ ।
प्रदेशसभातर्फ पनि कांग्रेस उम्मेदवार भोजराज अर्यालले अग्रता लिएका छन् । उनले ४ हजार ८ सय १४ मत प्राप्त गर्दा एमालेका मोहनप्रसाद रेग्मीले ३ हजार ८ सय ४३मत प्राप्त गरेका छन् ।








