१२ श्रावण २०८१, शनिबार

ग्रेडरको ठक्करबाट बालिकाको मृत्युपछि धनगढी तनावग्रस्त

प्रकाशित मिति :  1 December, 2022 3:34 pm


धनगढी । धनगढी ५ हसनपुरमा ग्रेडरले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक बालिकाको मृत्यु भएपछि धनगढी बजार तनावग्रस्त बनेको छ ।

धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर–पिपल चौतारा सडकखण्डमा बिहीवार बिहान साइकलमा विद्यालय गइरहेको बेला १०ः २० बजे कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिदाँ १५ वर्षीया चेतना साउदको मृत्यु भएको थियो ।

मृतक साउद पञ्चोदय माध्यमिक विद्यालयमा धनगढीमा कक्षा ८ मा अध्यनरत थिइन् । बालिका साइकलमा विद्यालय जाँदै गर्दा सडकको लेवल मिलाउँदै गरेको अवस्थामा ब्याक गर्ने क्रममा ग्रेडरले ठक्कर दिएको थियो । ग्रेडर चालक चितवन भरतपुर महानगरपालिका २८ का २७ वर्षीय विमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बालिकाको शव घटनास्थममा नै रहेको छ भने स्थानीयहरुले सडकमा बिरोधमा उत्रिएका छन् । घटनास्थलमा आफन्त र स्थानीयहरुले बिरोध गर्दा सवारी आगामन ठप्प बनेको छ ।



प्रतिक्रिया दिनुहोस !