१२ श्रावण २०८१, शनिबार

स्याङ्जा २ : गुरुङको अग्रता फराकिलो, दुई हजार मतले पछि परिन् अर्याल

प्रकाशित मिति :  1 December, 2022 4:35 pm


स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका धनराज गुरुङको अग्रता कायमै लिएका छन् । गुरूङले ७ हजार चार सय ७७ प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार पद्माकुमारी अर्यालले पाँच हजार चार सय ६९ मत प्राप्त गरेकी छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले दुई हजार १ सय ५३ मत प्राप्त गरेका छन् ।

प्रदेशसभातर्फ पनि कांग्रेस उम्मेदवार भोजराज अर्यालले अग्रता लिएका छन् । उनले ८ हजार २ सय ५१ मत प्राप्त गर्दा एमालेका मोहनप्रसाद रेग्मीले ६ हजार १ सय ७० मत प्राप्त गरेका छन् ।

अहिलेसम्म गल्याङ नगरपालिकाको वडा नं ६, ७, भीरकोट नगरपालिकाको ५, ६, ७, ८ र ९, वालिङ नगरपालिकाको १, २, ५ र ६ वडाको मतगणना सम्पन्न भएको छ ।



प्रतिक्रिया दिनुहोस !