१२ श्रावण २०८१, शनिबार

बाजुरामा १२ दिन पछि सुरु भयो मतगणना

प्रकाशित मिति :  1 December, 2022 4:52 pm


फाइल फाेटाे

काठमाडौं । बाजुरामा झडप पछि एमालेका कार्यकर्ताको हत्या गरिएका कारण स्थगित भएको मतगणना आज १२ दिन पछि सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार ११ बजे बोलाएको सर्वदलीय बैठकमा जुरेको सहमति अनुसार आज दिउँसो साढे ३ बजेदेखि मतगणना सुरु गरिएको हो । मार्तडीस्थित जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनमा मतगणना भइरहेको छ ।

निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न बुधबार निर्णय गरेको थियो । आयोगको निर्णयपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बुधबार र आज बिहान सर्वदलीय बैठक बोलाएको थियो । तर बैठक निष्कर्ष विहीन बनेको थियो । तेस्रो पटकको बैठकमा मतगणना गर्ने सहमति भएपछि गणना सुरु भएको हो ।



प्रतिक्रिया दिनुहोस !