१२ श्रावण २०८१, शनिबार

बाजुरामा मुचुल्का भन्दा बढि मत देखिएपछि मतगणना रोकियो

प्रकाशित मिति :  2 December, 2022 1:10 pm


बाजुरा । बाजुरामा मुचुल्का भन्दा बढी मत देखिएपछि मतगणना रोकिएको छ। जिल्लाको हिमाली गाउँपालिका ६ स्थित धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा बढी मत आएपछि मतगणना रोकिएको हो।

प्रतिनिधिसभा तर्फको मतगणनाका क्रममा उक्त मतदान केन्द्रमा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत बढी खसेको पाइएको छ। जसकारण विवाद सिर्जना भएको छ र मतगणना अनिश्चित बनेको छ।

अहिलेसम्म सम्पन्न भएको मतगणना अनुसार त्यहाँ थापा नेपाली काँग्रेसका बद्री पाण्डे भन्दा करिब १ हजार मतले पछि छन्। पाण्डेले पाँच हजार ४९१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी थापाले चार हजार १२९ मत प्राप्त गरेका छन्। यहाँ कुल ६० हजार १५२ जनाले मतदान गरेका थिए।

मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले मुचुल्काअनुसार दुई हजार ३१२ मतपत्र हुनुपर्नेमा गणनाका क्रममा दुई हजार ३४२ मतपत्र भेटिएपछि दलका प्रतिनिधिको आग्रहमा गणना रोकेको जानकारी दिए । उनकाअनुसार अहिले उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिहरुबीच छलफल भइरहेको छ ।

छिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभातर्फको सात हजार ५१० मतको गणना सकिदा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिइरहेका छन् । पाण्डेले ४ हजार २१४ मतसहित अग्रता लिंदा नेकपा एमालेका कर्णबहादुर थापाले ३ हजार ६६ मतसहित उनलाई पछ्याइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !