१२ श्रावण २०८१, शनिबार

बम्पर गार्ड नहटाउने ५७४ वटा सवारी साधन कारवाहीमा

प्रकाशित मिति :  2 December, 2022 1:49 pm


काठमाडौं । बम्पर गार्ड नहटाएका ५७४ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा विहिबार कारवाही गरेको छ ।

सवारी साधनमा जडान गरिएको फलामको बम्पर गार्डले गर्दा बम्परमा जडान भएका एयर ब्यागको सेन्सरले काम नगर्ने हुँदा चालक तथा यात्रुको ज्यान जोखिममा परेको साथै सवारी दुर्घटना हुँदा बम्फर गार्डका कारण पैदल यात्रुलाई बढी क्षति हुने भएकोले यसलाई हटाउन लागिएको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरी कार्यालयमा २०७९ मंसिर ९ गते आयोजना गरिएको पत्रकार सम्मेलन मार्फतमंसिर १४ गतेभित्र सवारी साधनमा राखीएको बम्फर गार्ड हटाउन भनिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए।

उनका अनुसार बम्पर गार्ड नहटाएका सवारी साधनलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ उपदफा १ अनुसार कुनै पनि सवारी साधनको रङ्ग, स्वरूप, सिट सङ्ख्या, इन्जीन तथा चेसिस परिवर्तनको कसुरमा कारवाही गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !