१२ श्रावण २०८१, शनिबार

स्याङ्जा २ मा कांग्रेसका धनराजको अग्रता, एमालेकी पद्मा २ हजार मतले पछि

प्रकाशित मिति :  2 December, 2022 2:08 pm


स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका धनराज गुरुङले अग्रता कायमै लिएका छन् । गुरूङले १४ हजार ३०६ प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार पद्माकुमारी अर्यालले १२ हजार १३५ मत प्राप्त गरेकी छन् ।

उनीहरुको मतान्तर २ हजार १७१ रहेको छ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार ८९० मत ल्याएका छन्। त्यहाँ ७० हजार १९१ मत खसेको छ।



प्रतिक्रिया दिनुहोस !