१२ श्रावण २०८१, शनिबार

तनावग्रस्त धनगढी, प्रहरीद्वारा १८ सेल अश्रुग्याँस प्रहार

प्रकाशित मिति :  2 December, 2022 3:11 pm


कैलाली । धनगढीमा विद्यार्थीले निषेधाज्ञा तोडेर प्रदर्शन गरेपछि प्रहरीले लागि ८ सेल अश्रुग्यास पनि प्रहार गरेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा तोडेर विद्यार्थी प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन डेढ दर्जन सेल अश्रुग्याँस प्रहार प्रहार गरेको छ ।

निषेधाज्ञा लागू गरिएको घटनास्थल आसपासको क्षेत्रमा प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि स्थानीय र विद्यार्थी तितरवितर भएका छन् । साथै प्रहरीले विद्यार्थी र स्थानीय महिला गरी ११ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले आन्दोलनकारी विद्यार्थी र स्थानीयले प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस हानेको बताए ।

उनीहरुले दोषीलाई कारबाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । बिहीबार पञ्चोदय माध्यामिक विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रा चेतना साउदलाई साइकलमा जाँदै गर्दा ग्रेडरले कुल्चिँएको थियो।

धनगढी उपमहानगरपालिका(५ स्थित पिपलचौतारा नजिकै कालिका कन्स्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले कुल्चिँदा साउँदको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसपछि विद्यार्थीहरूले हिजोबाटै प्रदर्शन गरेका थिए। उनीहरुले टायर जलाउँदै सडक अवरुद्ध पारेका थिए।



प्रतिक्रिया दिनुहोस !