७ बैशाख २०८१, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलाई मातृ शोक

प्रकाशित मिति :  3 December, 2022 2:07 pm


रुपन्देही । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’लाई मातृ शोक परेको छ ।

विप्लवकी आमा आशिकादेवी चन्दको निधन भएको हो । केही हप्ता अगाडी घरमा लडेर टाउकोमा चोट लागेपछि उनलाई बुटवलस्थित चौराह अस्पताल भर्ना गरिएको थियो ।

उपचारपछि घरमै औषधी सेवन गरेर घरमै आराम गरिरहेकी चन्दको आज कपिलवस्तुको शिवगढीस्थित आफ्नै निवासमा ९६ वर्षको उमेरमा निधन भएको हो ।

आशिकादेवीका ३ छोराहरु विप्लव, वीरजंग, जयन्द्र मध्ये जेठो छोरा वीरजंगको गतबर्ष निधन भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !