१५ चैत्र २०८०, बिहिबार

नेकपा(माओवादी केन्द्र)द्वारा सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय

प्रकाशित मिति :  3 December, 2022 6:10 pm


काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको छ ।

गठबन्धनबाट पहिले प्रधानमन्त्रीको नेतृत्व कसले गर्ने भन्ने प्रश्न उठिरहेका बेला शनिबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले नेकपा एमालेसहितका दलहरूसँग छलफल पनि छलफल गरेर जान सकिने विकल्प खुल्ला राखेको हो ।

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार बैठकले संघमा अपेक्षा अनुसार सिट हासिल गर्न नसकेको समीक्षा गरेको छ ।
माओवादी केन्द्रले सरकारबारे थप निर्णय समग्रमा चुनावको सबै परिणामपछि गर्ने भएको छ ।

उपाध्यक्ष महराले भने,“बनाएको गठबन्धन छोडने निर्णय गरिएको छैन। र, अन्य विकल्प पनि खुला राखिएको छ। विभिन्न विकल्पमा जान सकिन्छ। तर, पुरानो गठबन्धनलाई छोड्ने, तोड्ने निर्णय पनि गरिएको छैन ।”



प्रतिक्रिया दिनुहोस !