७ बैशाख २०८१, शुक्रबार

गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

प्रकाशित मिति :  4 December, 2022 10:06 am


काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

भक्तपुरको लोकन्थलीमा रहेका बास्कोटाको घरमा आइतबार बिहान शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डे जानकारी दिएका थिए ।

छिमेकीले बास्कोटाको घरको पर्खाल छेउमा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । यसअघि पनि बास्कोटाको निर्माणाधीन घरमा बस विस्फोट गराइएको थियो ।



प्रतिक्रिया दिनुहोस !