बाजुराबाट कांग्रेसका बद्री पाण्डे निर्वाचित
प्रकाशित मिति : 4 December, 2022 10:57 am

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे ३१ हजार ७८६ मत प्राप्त गरी बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापालाई हराएका हुन । पाण्डेले ३१ हजार ७८६ मत पाउँदा थापाले सहित २६ हजार ३४९ मत पाएका छन् ।
राप्रपाका उम्मेदवार जंगकुमार गिरीले २०७ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत प्राप्त गरेका छन् ।
प्रदेश सभातर्फ क्षेत्र नं. १ (१) बाट एकीकृत समाजवादीका नरेशबहादुर शाही र प्रदेश सभा २ बाट नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् ।