१३ बैशाख २०८१, बिहिबार

दोलखा प्रदेश सभा–२ मा एमालेका भरतबहादुर केसी निर्वाचित

प्रकाशित मिति :  4 December, 2022 12:21 pm


काठमाडौं । दोलखाको प्रदेश सभा दुईमा नेकपा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् । एमालेका केसीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बर्मा लामालाई १८१९ मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका अनुसार केसी १९ हजार ४१४ मत प्राप्त गरी प्रदेश सभा सदस्य निर्वाचित भएका छन् भने नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !