१३ बैशाख २०८१, बिहिबार

जबरजस्ती करणी अभियोगमा एक युवक पक्राउ

प्रकाशित मिति :  4 December, 2022 2:21 pm


डोल्पा । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार दिउँसो एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ठुलीभेरी नगरपालिका ५ बस्ने २६ वर्षीय कुमार बुढा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले बताएको छ ।

बुढाले ती बालिकालाई गत बुधबार सोही ठाउँस्थित लाग्माको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी माझफालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !