१६ चैत्र २०८०, शुक्रबार

सरकारसँग ४२ हजार नौ सय ४३ मेट्रिक टन मल मौज्दात

प्रकाशित मिति :  4 December, 2022 3:43 pm


काठमाडौं । कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिगं कर्पोरेशनमार्फत ठेक्का लगाएको २ लाख ५७ हजार मेट्रिक रासायनिक मलमध्ये एक लाख दश हजार मेट्रिक टन आयात भइसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्ष विनियोजित १५ अर्ब तथा साउन महिनामा अर्थमन्त्रालयबाट थप स्रोत रकम १६ अर्बमध्येबाट यो परिमाणमा मल आयात गरिएको हो । जसमध्ये ८६ दशमलब पाँच हजार मेट्रिक टन मल विक्री भइसकेको कृषि मन्त्रालयले जनाएको छ ।

त्यसमा युरिया २१ हजार ७६४ मेट्रिक टन कृषि सामाग्री कम्पनीको १५ हजार १७९ तथा साल्ट ट्रेडिगंको छ हजार ५८४ मेट्रिक टन रहेको छ । त्यसैगरि, डीएपी १९ हजार २८६ कृषि सामाग्रीको १८ हजार ४३२ तथा साल्टको ८५४ मेट्रिक टन, रहेको छ । त्यस्तै पोटास १९ सय ३२ कृषि सामाग्री १८३७ तथा साल्टको ९५ मेट्रिक टन रहेको जनाइएको छ ।

मन्त्रालयका अनुसार हाल सरकारसँग ४२ हजार नौ सय ४३ मेट्रिक टन मल मौज्दात रहेको छ।

त्यसैगरी १५ हजार मेट्रिक टन मल आयात भएको तथा ३० हजार मेट्रिक टन प्याकिगं भइरहेको जनाइएको छ । त्यसैगरी जीटुजीमार्फत टेन्डर भएको बाँकी मल माघ तथा फागुनसम्म आइसक्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !