१३ बैशाख २०८१, बिहिबार

रोल्पाको बाल कल्याण नमुना माविकाे ५६ औं वार्षिकोत्सव तथा खेलकुद सप्ताह ( फाेटाेसहित)

प्रकाशित मिति :  4 December, 2022 6:25 pm


उमा केसी –

रोल्पा । रोल्पाको बाल कल्याण नमुना मावि लिवाङ रोल्पाले आफ्नो ५६ औं वार्षिकोत्सव तथा खेलकुद सप्ताह मनाइरहेको छ ।

मंङसिर १६ गतेदेखि सुरु भएको वार्षिकोत्सव एवं खेलकुद सप्ताह २० गतेसम्म चल्ने विद्यालयका सहायक प्रधानाध्यापक तुल्सिराम श्रेष्ठले जानकारी दिए ।

खेलकुद सप्ताहको अवसरमा महिला एवं पुरुष तर्फ १ सय मिटर,२ सय मिटर,४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार मिटर दौड एवं ४ सय ४ रिले दौड प्रयोगिता राखिएको छ ।

त्यस्तै लङजम्प,हाइजम्प,सर्टपुट, नृत्य प्रतियोगिता सम्पन्न भएका छन् । यस्तै ज्यावलिङ थ्रो, भालिबल, कपड्डी, उसु, कराँते, तेक्वान्दो स्प्रधा जारी छ । जारी खेलका पाइनल खेल मङ्सिर १९ गते हुने छ ।



प्रतिक्रिया दिनुहोस !