१२ बैशाख २०८१, बुधबार

जोखबहादुर महराले भने,‘लुम्बिनीकाे मुख्यमन्त्रीमा मेरो दाबी रहन्छ’

प्रकाशित मिति :  5 December, 2022 7:41 am


रोल्पा । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जोखबहादुर महराले मुख्यमन्त्रीमा आफ्नो दाबी रहने बताएका छन् ।

निर्वाचन परिणामसँग सरकार गठनको तयारी गरिरहेका बेला महराले आफ्नो मुख्यमन्त्रीमा दाबी गर्ने बताएका हुन् । महरा प्रदेश सभा (क) बाट निर्वाचित भएका थिए ।

महराले निर्वाचनपछि काठमाण्डौँ पुगेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेतासँग छलफल गरेर रोल्पा फर्किएका छन् । रोल्पा फर्किलगत्तै महराले भनेका छन्, “मैले काठमाण्डौँमा छलफल गरेँ । केन्द्रको सिट संख्या र प्रदेशको बाँडफाँडमा लुम्बिनीनै माओवादी केन्द्रले पाउने त्यसमा उपयुक्त पात्रका रुपमा पार्टीले आफूलाई अगाडि सार्ने विश्वास छ ।”

प्रदेश सरकार निर्माणका क्रममा ७ वटै प्रदेशको मिलाउँदा लुम्बिनी नै माओवादी केन्द्रका लागि उपयुक्त प्रदेश हुन सक्ने नेतृत्वको बुझाइ रहेको महराको भनाई छ । पार्टीले आफुलाई अगाडि सार्ने र त्यसका लागि आफू लुम्बिनी प्रदेशवासीको भावना अनुसार नेतृत्व गर्न सक्ने उल्लेख गरे ।

२०६२ देखि २०६५ सम्म पार्टी अध्यक्ष प्रचण्डको प्रमुख स्वकीय सचिव बनेका महरा संविधान सभा सदस्य बनेका थिए । २०७३ मा प्रचण्ड प्रधानमन्त्री हुँदा पुनः उनको प्रमुख स्वकीय सचिव बनेका थिए । २०७९ को चुनावमा महरा लुम्बिनी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् । लुम्बिनीमा अहिले पनि माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको छ । एमाले नेतृत्वको सरकार ढलेपछि कांग्रेस लगायतको समर्थनमा लुम्बिनीमा माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको छ ।

  



प्रतिक्रिया दिनुहोस !