१३ बैशाख २०८१, बिहिबार

नेकपा महासचिव विप्लवसँग नेपाली कांग्रेस लुम्बिनी सभापति पुनद्वारा भेट

प्रकाशित मिति :  6 December, 2022 9:22 am



काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेका छन् ।

महामन्त्री सुरेशचन्द्र आचार्यसहित गएर सभापति पुनले महासचिव विप्लव र उनको परिवारलाई भेट गरेका हुन् । सभापति पुनले भेटेर महासचिव विप्लवकी आमा आशिकादेवी चन्दको निधनप्रति समवेदना व्यक्त गरेका छन् ।

सभापति पुनले विप्लव निवास कपिलवस्तु शिवगढी पुगेर समवेदना व्यक्त गरेका बताए । उनले भने,“ उहाँहरू शोकमा हुनुहुन्छ त्यसैले मृतक आमाप्रति ऋद्धाञ्जली र परिवारप्रति समवेदन व्यक्त गरेका हौं । ”

भेटघाटमा समसामयिक राजनीतिक विषयमा समेत कुरा भएको सभापति पुनले बताए । उनले भने,“पछिल्लो राजनीतिक परिस्थिति र अवस्थाबारे छलफल भयो ।”



प्रतिक्रिया दिनुहोस !