७ बैशाख २०८१, शुक्रबार

‘नेपथ्य लाइभ कन्सर्ट’ले वीरगञ्जमा इतिहास रच्यो, पाँच हजार बढी सहभागी

प्रकाशित मिति :  6 December, 2022 10:12 am


मङ्सिर ।मानवसेवा आश्रमले आयोजना गरेको नेपथ्य लाइभ कन्सर्टले वीरगञ्जमा इतिहास कायम गरेको छ । मानवता प्रवद्र्धृन तथा मानवीय सहयोगका लागि वीरगञ्जवासीको अकल्पनीय सहभागिता रहेको स्थानीयहरुले बताएका छन् । यहाँ १८ वर्षपछि नेपथ्य भित्रिएको हो ।

विरगञ्जको आदर्शनगनर रंगशालामा झण्डै पाँच हजार संगीत पारखीले कन्सर्टको मजा लिएको अनुमान छ । कुनै कन्सर्टमा यती धेरै मानिसको सहभागिता वीरगञ्जको इतिहासमै पहिलो भएको उक्त कन्सर्टका संयोजक गणेश लाठले बताए ।

उनका अनुसार यो उपस्थिति मानवता प्रवद्र्धन र मानवसेवा आश्रमले गरेको योगदानको कदर हो । वीरगञ्जमा अन्तराष्ट्रियस्तरको सांगीतिक समुहरुलाई ल्याउन सक्नु पनि वीरगञ्जवासी कै लागि गौरवको विषय भएको स्थानीयहरुले प्रतिक्रिया दिएका छन् ।

वीरगञ्जका सडकमा रहेका बेसहारा, मनोरोगी तथा वेवारिसे मानिसहरुको उद्धार गरी संरक्षण गर्न तथा मानवसेवा आश्रमको भवननिर्माण एबं अक्षयकोष स्थापनार्थ चर्चित साङ्गीतिक समूह नेपथ्य व्याण्डसँगको सहकार्यमा मानवसेवा आश्रमले सोमबार साँझ वीरगञ्जमा ‘नेपथ्य लाइभ कन्सर्ट’ गरेको हो । कन्सर्टमा नेपथ्यका मुख्य गायक अमृत गुरुङले डेढ दर्जन जती नेपाली लोकरपप गीत गाएर दर्शकलाई मजैले मनोरञ्जन दिलाएका थिए ।

मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ महिनाव्यापीरुपमा आयोजना गरिएको अन्तर्राष्ट्रियस्तरको उक्त नेपथ्य लाइभ कन्सर्टअन्तरगत यो दोस्रो कार्यक्रम हो । यसअघि मंसिर १६ गते विराटनगरमा भव्य रुपमा कार्यक्रम सम्पन्न भइसकेको छ ।

अबको कार्यक्रम मंसिर २२ गते हेटौडाको भुटनदेवी चौरमा हुने र उक्त कार्यक्रममा सहभागिताकाल लागि आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले हेटौटाबासीमा अनुरोध गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !