८ बैशाख २०८१, शनिबार

लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्थायी राजधानी देउखुरी सारियो (फोटो फिचर)

प्रकाशित मिति :  6 December, 2022 10:36 am


दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्थायी राजधानी देउखुरी सारिएको छ ।

राजधानी कार्यान्वयनको लागी मुख्यमन्त्री कार्यालय स्थायी राजधानीमा सारिएको हो । अन्य मन्त्रालय र बिषयगत कार्यालयहरू पनि सार्ने तयारी सुरु भएको छ ।

अस्थायी मुकाम बुटवलमा रहेको मन्त्रालयको सामाग्री स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा झारिएको छ । तीन ट्रक सामाग्रीहरु प्रदेश राजधानीको प्रशासनिक केन्द्र मौरीघाटमा झारिएको हो ।

मन्त्रीपरिषद्को बैठक कक्ष, सचिवाल, एक्सन रुम लगायका सामाग्री सारिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । प्रदेश राजधानी कार्यान्वयनको गति बढेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले जानकारी दिए ।

“प्रशासनिक केन्द्र यही मौरीघाट भएको छ । शिक्षालय गोवरडिहा सरेपछी प्रशासनिक केन्द्र बनाउन सहज भएको हो’उनले भने,‘जग्गा विकास कार्यक्रम गुरुयोजना अनुसार भएको छ । अन्य मन्त्रालयको भवन बनाउन ठेक्का पनि भएको अवस्था छ ।”

साविक राप्ती प्राविधिक शिक्षालयले प्रयोग गर्दै आएका भवनको सामान्य मर्मत गरेर मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बनाएको छ भने अन्य मन्त्रालयहरु पनि अन्य भवनमा सार्ने तयारी छ ।

अहिले सम्म मुख्यमन्त्रीको निवास, प्रमुख सचिवको निवास समेत तयार भएको छ । केही दिन भित्र औपचारिक कार्यक्रम गरेर मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले कामकाज थाल्ने छ ।

प्रदेश सरकारको प्रशासनिक केन्द्र सञ्चालन गर्न कुनैपनि पूर्वाधारको अभाव नरहेको जग्गा एकिकरण विकास समितिका अध्यक्ष श्यामेस चौधरीले बताए । “यहाँ कुनै पूर्वाधार अभाव छैन । कर्मचारीको लागी आवासको व्यवस्थापन पनि भएको छ’उनले भने,‘यो मिनि सिंहदरबार हो । सबै मन्त्रालय एउटै कम्पाउण्डमा अटाउछ ।”

“प्रदेश राजधानीमा यस अघि दुई वटा मन्त्रालय स्थापना भइसकेका छन् । अब धमाधम रुपमा प्रमुख मन्त्रालय तथा विभागहरु आउन थालेपछी स्थानीय बासिन्दा पनि खुसी भएका छन् । मन्त्रालय आयो । अव सबै काम यहीबाट होस । हामी खुसी छौं,”स्थानीय जीवलाल पन्थिले भने,“अब विकास पनि होला ।”

राजधानी कार्यान्वयन संगै प्रदेश सभाको दोस्रो कार्यकालयको पहिलो बैठक समेत स्थायी राजधानीमा आह्वान गर्ने तयारी सरकारले गरेको पत्रकार दशरथ घिमिरेले जनाएका छन् ।

फोटो : दशरथ घिमिरे



प्रतिक्रिया दिनुहोस !