१२ श्रावण २०८१, शनिबार

थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन माग गर्दै मेयर बालेन शाहलाई ध्यानाकर्षण पत्र

प्रकाशित मिति :  6 December, 2022 1:41 pm


काठमाडौं । काठमाडौंको थापाथालीस्थित सुकुम्बासी बस्ती हटाउन माग गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।

उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले सोमबार महानगर अगाडी प्रर्दशन गरी नक्कली सुकुम्बासीहरुले थापाथलीमा भूमि कब्जा गरेको भन्दै पहिचान गरेर कारबाही गर्न माग सहित ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

सुकुम्बासीका नाममा राजनीति भएको र असली सुकुम्बासीको पहिचान गरी व्यवस्थापन गर्न महानगरका मेयर शाहलाई ध्यानाकर्षणपत्र बुझाइएको समितिले जनाएको छ ।

मेयर शाहलाई बुझाइएको ध्यानकर्षणपत्रमा राजधानी सहरको मुटुमा रहेको थापाथलीस्थित ‘ वागमती खोलाको किनारामा रहेको सार्वजनिकरसरकारी जग्गा अतिक्रमण गरी आफूखुशी मनलागी, अस्वाभाविक एवं अनियन्त्रित कथित सुकुमबासीको बसोबासले सँगै रहेको खोलाको प्रदूषण, राजधानीको सौन्दर्यसमेतमा प्रतिकूल असर पारिरहेको’ उल्लेख छ ।

अस्तव्यस्त बसोबासले गर्दा अनेक राजनैतिक, सामाजिक, सांस्कृतिक विकृति, विसंगति एवं दिउँसै खुलारूपमा घरेलु हातहतियारको प्रदर्शनी कारण समेतले राजधनी भयावह, असुरक्षित तथा सन्त्रासमय वातावरण उत्पन्न भई स्थानिय जनताहरु प्रति गहिरो मानसिक दबाब उत्पन्न भई अशान्ति फैलिएको छ । ध्यानकर्षणपत्रमा उल्लेख छ ।

‘कथित सुकुम्बासीको घर टहरा हटाई, राधाजनीको सौन्दर्यता,सुशान्ति र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न एक इन्च पनि महानगर पछि नहटोस, हामी महानगर, नगरपालिका र कर्मचारीलाई साथ, सहकार्य समर्थन साथै सहयोग गर्छौं’ ध्यानकर्षणपत्रमा उल्लेख गरिएको छ।



प्रतिक्रिया दिनुहोस !