१२ श्रावण २०८१, शनिबार

रविन्द्र मिश्रको चुनावी खर्च २४ लाख रुपैयाँ, आयोगमा बुझाए विवरण

प्रकाशित मिति :  6 December, 2022 3:21 pm


काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् । काठमाडौंको क्षेत्र नम्बर १ बाट पराजित राप्रपा उम्मेदवार मिश्रले मंगलबार आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् ।

मिश्रका अनुसार प्रतिनिधि सभाको चुनाव लड्दा शुभेच्छुकहरूबाट आफूलाई लगभग ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको जानकारी दिए । त्यसमध्ये निर्वाचनको लागि साढे २४ लाख खर्च भएको बताएका छन् ।

साथै मिश्रले आफुले चुनाव लड्दा निर्वाचन आयोगले दिएको सीमा (२५ लाख) भित्र रहेर चुनावी अभियान सम्पन्न गरेको बताएका छन् ।

मिश्रले शुभेच्छुकहरुबाट प्राप्त भएको रकममध्ये २४ लाख ४९ हजार ६०७ रुपैयाँ चुनावमा खर्च भएपछि उब्रेको करिब साढे ८ रुपैयाँ काठमाडौं –१ सरोकार कोषमा राखिने जानकारी दिए ।

चुनावमा पराजित भएपश्चात् उनले काठमाडौं १ मा विभिन्न काम गर्ने भन्दै कोष निर्माण गर्ने घोषणा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !