रोल्पाको बाल कल्याण नमुना माविकाे ५६ औं वार्षिकोत्सव तथा खेलकुद सप्ताह सम्पन्न
उमा केसी
रोल्पा । रोल्पा सदरमुकाम लिबाङमा रहेको बाल कल्याण नमुना माविले ५६ औं वार्षिकोत्सव तथा खेलकुद सप्ताह बिभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ ।
मङ्सिर १६ गतेदेखि सुरु भएको वार्षिकोत्सव एवं खेलकुद सप्ताह आज सम्पन्न भएको विद्यालयले जनाएको छ ।
वार्षिक उत्सबको अवसरमा आयोजना गरिएको खेलहरुमा छात्र भलिबल तर्फ सीटीइभिटी समुहको टोली प्रथम, कन्चनजँगाकाे समुह द्धितीय र सगरमाथा ‘ए’ को समुह तृतीय भएका छन् ।

यस्तै छात्रा भलिबल तर्फ धौलागिरी समुह प्रथम, शिक्षा संकाय ‘ए’ द्धितीय र व्यवस्थापन संकाय ‘ए’ को समूह तृतीय भएका छन् ।
कपडि प्रतियोगितामा छात्र तर्फ शिक्षा संकाय ‘ए’ प्रथम, कन्चनजँगा ‘ए’ द्धितीय र शिक्षा संकाय ‘बि’ तृतीय भएका छन । कपडी छात्रा तर्फ शिक्षा संकाय ‘ए’ प्रथम, मकालु ‘ए’ द्धितीय र व्यवस्थापन संकाय ‘ए’ बिजयी भएका छन् ।

दौड प्रतियोगिता तर्फ एक सय, दुइ सय, ३ हजार मिटर दौड प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।
एथलेटिक्स तर्फका कराते, तेक्वान्दो खेल लगायत एकल नृत्य, सामुहिक नृत्य, लोक गीत प्रतियोगिताको समेत आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक मधुसुधन पोखे्रलले जानकारी दिए ।








