हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु
प्रकाशित मिति : 7 December, 2022 9:25 am
![](https://i0.wp.com/www.lumbinisanchar.com/wp-content/uploads/2021/03/makuna-hatti-scaled-1.jpg?fit=2560%2C1631&ssl=1)
कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणबाट बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाका ७१ वर्षीया हीरादेवी धानुकको मङ्गलबार मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरत गिरीलेका अनुसार बैजनाथ मध्यवर्ती सामुदायिक वनभित्र दाउरा लिन गएका अवस्थामा धानुकलाई हात्तीले आक्रमण गरेको थियो ।