७ बैशाख २०८१, शुक्रबार

प्रधानन्यायधीश जबराविरुद्धको महअभियोग निष्क्रिय, सर्वोच्चको गेटमा धर्ना दिँदै न्यायाधिशहरू

प्रकाशित मिति :  7 December, 2022 2:22 pm


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएका हुन् ।

जबराले संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले यस्तो जवाफ दिएका हुन् ।

जबराको निलम्बन हटेसँगै उनी नियमित कामकाजको लागि सर्वोच्च अदालत फर्किने तयारीमा रहेको स्रोतले जनाएको छ । प्रधानन्यायाधीश जबराले आफू सर्वोच्च अदालत गएपनि इजलासमा नबस्ने र अन्य प्रशासनिक काम पनि नगर्ने स्रोतले बताएको छ ।

यता नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार पदाधिकारीहरुले धर्ना सुरु गरेका हुन् ।

बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत सर्वोच्चको गेटमा धर्ना दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !