१३ बैशाख २०८१, बिहिबार

अर्घाखाँचीका पूर्व ट्राफिक प्रमुख आचार्य कास्कीमा सम्मानित

प्रकाशित मिति :  7 December, 2022 2:32 pm


अनिल नेपाली
अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी बरिष्ठ नायब निरिक्षक प्रविन आचार्यलाई नवाैं राष्ट्रिय खेलकुदको अवधीभर शान्ति सुरक्षा चुस्त बनाएको तथा फरार प्रतिवादीको खोजी कार्यलाई तिब्रता दिइएको भन्दै सम्मान गरेको छ ।

आचार्यले आफ्नो पेशागत मर्यादालाई कर्तब्यनिष्ठ र अनुशासित बनाउदै प्रहरी सगठनमा राम्रो छवि बनाएका आचार्य ‘पुलिस अप दी मन्थ’ बाट सम्मानीत भएका हुन् । आचार्यले अर्घाखाँची, पाल्पा, गोरखा लगायतका जिल्लामा ट्राफिक प्रहरीको भवन निर्माण आफ्नो कार्यकालमा सम्पन्न गरी ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भुमिका खेलेका थिए ।

आचार्य पाल्पामा कार्यरत रहदा ट्राफिक व्यवस्थापनमा महत्वपुर्ण काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले उत्कृष्ट ट्राफिक पुरस्कारबाट सम्मानीत भएका थिए ।

आचार्य नेपाल प्रहरीमा २०६३ सालमा  प्रहरी सहायक निरीक्षक (असइ) बाट प्रबेश गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !