१६ चैत्र २०८०, शुक्रबार

सचिवालयको पत्र कार्यान्वयन नगराउन बार एसाेसिएसनको माग

प्रकाशित मिति :  7 December, 2022 5:20 pm


काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग निश्क्रिय भएको संसद सचिवालयको पत्रलाई कार्यान्वयन नगर्न माग गरेको छ ।

बार एशोशिएशनले बुधबार एक विज्ञप्ती जारी गर्दै संसद सचिवालयको उक्त पत्रलाई कार्यान्वयन नगर्न माग गरेको हो ।

संसद सचिवालयले उक्त पत्रले संविधान, ऐन, कानून तथा संसदीय मूल्य, मान्यताको उल्लंघन गरेको नेपाल बारले ठहर छ ।

संसद सचिवालयले लेखेको पत्र शून्यप्रभावी रहेकाले कार्यान्वयन नगर्न र संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई कारबाही गर्न बार एशोसिएशनले माग गरेको छ ।

नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अन्जिता खनालले निकालेको विज्ञप्तिमा बारले १०९ दिनसम्म गरेको आन्दोलनको स्मरण गराइएको छ ।



प्रतिक्रिया दिनुहोस !