१४ बैशाख २०८१, शुक्रबार

पब्लिक क्याम्पस प्राध्यापक संघको महाधिवेशन सर्‍यो, आगामी फागुन ६ र ७ गते हुने

प्रकाशित मिति :  7 December, 2022 9:13 pm


काठमाडौं । पब्लिक क्याम्पस प्राध्यापक संघ, नेपालको चौथो महाधिवेशन सरेको छ ।

आज काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले समय नपुगेको भन्दै आगामी फागुन ६ र ७ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि मङ्सिर २१ र २२ गते कीर्तिपुर काठमाडौं महाधिवेशन गर्ने निर्णय भएको थियो ।

५ सय ५२ वटा सामुदायिक क्याम्पसमा कार्यरत प्राध्यापकहरूको छाता संगठन रहेको यस संघको प्रभाव नेपाल प्राध्यापक संघमा समेत रहने गर्दछ ।

यस संघको महाधिवेशनका प्रतिनिधिहरू मध्येबाट ५ सदस्य बराबर १ प्रतिनिधि नेपाल प्राध्यापक संघको महाधिवेशनका लागि छनौट हुने प्रावधान छ ।

संघमा ५ पदाधिकारीसहित २१ जनाको केन्द्रीय कार्य समितिका लागि एकल संक्रमणीय पद्दतीका माध्यामबाट निर्वाचन हुने गर्दछ ।

संघले १६ औं स्थापना दिवसको अवसर पारेर आज जलपान तथा शुभकामना आदानप्रदान कार्यक्रम समेत गरेको छ । प्राध्यापक आवास गृह कीर्तिपुरमा कार्यक्रम गरिएको संघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !