७ बैशाख २०८१, शुक्रबार

प्रचण्डलाई प्रधामन्त्री बनाउने दलसँग नै गठबन्धन हुन्छ,कांग्रेस इमानदार भएन : मुख्यमन्त्री केसी

प्रकाशित मिति :  8 December, 2022 7:17 am


भालुबाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने दलसँग गठबन्धन हुने बताएका छन् ।

पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री केसीले नेकपा (माओवादी केन्द्र) अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव एवं समर्थन गर्ने दलसँग गठबन्धन हुने बताएका हुन् ।

उनले निर्वाचन अगाडिको सहकार्यमा नेपाली कांग्रेस पनि इनमारदार नभएकाले अब नयाँ सिराहबाट गठबन्धनको कार्य थालनी गर्नुपर्नेमा जोड दिए । उनले प्रचण्ड नै अब प्रधानमन्त्री हुनु पर्ने अडान कायम रहेको उल्लेख गरे ।

नेपाली कांग्रेसलाई अहिले र यसभन्दा अगाडि एमालेका केपी शर्मा ओलीलाई पनि माओवादी केन्द्रले प्रधानमन्त्रीमा समर्थन गरेको भन्दै अब यी दुवै दलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्री स्वीकार्नु पर्ने वस्तुगत अवस्था रहेको तर्क गरे ।

उनले भने,“ नेपालमा यदी परिर्वनका लागि सरकार निर्माण गर्ने हो भने प्रचण्ड नै हुनुहुन्छ उहाँलाई नै माओवादी केन्द्रले अगाडि सारेका छौं, जसले प्रचण्डलाई प्रधामन्त्री स्वीकार्छ उसै दलसँग सहकार्य हुन्छ ।”

सत्ता समिकरणको कोर्ष नयाँ दिशामा पुगेकोले अब गठबन्धनलाई पनि नयाँ कोर्षबाट अगाडि बढाउनु पर्ने केसीको जोड छ ।

संघीय सरकारमा प्रचण्डलाई प्रधामन्त्रीमा समर्थन गर्ने दलहरू मिलाएर लुम्बिनीमा पनि सरकारको निर्माण हुने उनको भनाई थियो ।

यसअघि माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सरकार निर्माणमा सबै विकल्प खुल्ला रहेको बताएपछि गठबन्धनमा हलचल भएको थियो । यद्यपी माओवादी केन्द्रले अहिलेको गठबन्धन कायम राख्न प्रतिबद्ध भएको उल्लेख गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !