१२ श्रावण २०८१, शनिबार

२६ ओटा सवारी चालक अनुमति पत्र निलम्बनका लागि विभाग पठाइयो

प्रकाशित मिति :  8 December, 2022 10:50 am


काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले २६ ओटा सवारी चालक अनुमति पत्रहरू निलम्बनका लागि बुधबार यातायात व्यवस्था विभाग मिनभवन पठाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच (५) पटकभन्दा बढी उल्लंघन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको हो ।

निलम्बनका लागि पठाईएका मध्ये एक जना चालकले ३८ पटकसम्म सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सह-प्रवक्ता अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !